Section 15
सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि

१५.१ सञ्चालक समितिको बैठक कम्तीमा दुई महीनामा एक पटक बस्नेछ ।
१५.२ सञ्चालक समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा सञ्चालक समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
१५.३ सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट तोकेको सदस्यले गर्नेछ ।
१५.४ सञ्चालक समतिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन सक्नेछ ।
१५.५ सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा सञ्चालक समितिको सचिवले बोलाउनेछ ।
१५.६ सञ्चालक समितिको बैठकले गरेको निर्णय सञ्चालक समितिको सचिवले अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गराई अद्यावधिक गरी राख्नु पर्नेछ ।
१५.७ सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैले निर्धारण गर्नेछ ।